६ पुस २०८१, शनिबार

टिकटकमाथि प्रतिबन्ध गर्ने निर्णय गरेर सरकार निरंकुशताको बाटोमा हिँड्यो : अध्यक्ष लिङ्देन


राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक संजाल टिकटकमाथि प्रतिबन्ध गर्ने निर्णय गरेर सरकार निरंकुशताको बाटो हिँडेको बताएका छन् ।

सामाजिक संजाल एक्स (ट्विटर) मा लेख्दै उनले प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरुबाट टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त निर्णय गरेर सरकारले निरंकुशताको बाटो राजेको बताएका हुन् ।

उनले कुनैपनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक भएतापनि त्यही नाममा प्रतिबन्ध स्वीकार गर्ने नसकिने भएर आपत्ति प्रकट गरेका छन् ।

उनले आज टिकटकमाथिको प्रतिबन्ध सुरुआत मात्र भएको भन्दै भोलि एक्स (ट्विटर), फेसबुक आदिमा प्रतिबन्ध हुनसक्ने आशंका व्यक्त गरेका छन् । उनले कुनैपनि नाममा अभिव्यक्ति स्वतन्त्रता माथि लगाईने अंकुशको बिरोध गरिने बताउँदै टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्ने माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !