९ असार २०८१, आइतबार

चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी काठमाडौंमा


चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ काठमाडौं आइपुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै छुङछेङ पाँचदिने भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् ।

उनलाई राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । नेपाल बसाइको क्रममा उनले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री प्रचण्ड लगायतसँग भेट गर्ने कार्यतालिका छ । भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने छन् ।

वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् । चिनियाँ नेता वाङ शुक्रबार पोखरा गएर मुख्यमन्त्रीसँग भेट्ने साथै चीन-नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !