![एकीकृत समाजवादीका अध्यक्ष नेपाल चीन प्रस्थान](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/11/Madhav-Nepal-in-TIA-airport.jpg?fit=1024%2C597&ssl=1)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाबाट प्राप्त उपलब्धि साझेदारीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउनेछ ।
भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग नेपाल र चीन तथा दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल हुने अध्यक्ष नेपालले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डल यही कात्तिक २८ गते स्वदेश फर्कनेछ।