२५ जेठ, धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तरघात गर्नेहरूलाई कारबाही गरेर पार्टीको संगठनलाई पहिलेको अवस्थामा नपु¥याएसम्म विश्राम नलिने बताउनुभएको छ ।
नेपाली कांग्रेस कैलालीको आज यहाँ प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले चुनावमा पार्टीभित्रैबाट अन्र्तघात भएकै कारण गएको निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भन्दै अन्तरघातीलाई कुनै पनि हालतमा छुट नदिने स्पष्ट पार्नुभयो ।
सभापति देउवाले देशमा जवरजस्ती आफ्ना विचार लादेर सर्वसत्तावाद ल्याउने प्रयास भइरहेको भन्दै कांग्रेसले प्रजातन्त्र कुनै पनि हालतमा कमजोर हुन नदिने बताउनुभयो ।
विगतमा आफूले धनगढीको गौरीफन्टा नाकाको स्तरोन्नतिको पहल गरेपनि ओली सरकार भारतसँग लम्पसारवादमा गएको आरोप लगाउँदै उहाँले भन्नुभयो, “गौरीफन्टा नाका बन्द गर्ने षडयन्त्र भइरहेको छ, यो षड्यन्त्रलाई सफल हुन दिने छैन ।”
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यद्वय रमेश लेखक र ईश्वरी न्यौपानेले मुलुकमा सर्वसत्तावाद र अधिनायकवादको खतरा रहेकाले कांग्रेसका नेता कार्यकर्ताले सचेत भएर पार्टी संगठनमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला सभापति नरनारायण शाह, नेताहरू रामजनम चौधरी मोहनसिं राठौर, डा रणबहादुर रावल, भरतवहादुर खड्का लगायतले पाटीृभित्र अन्तरघातको रोग हटाउनुपर्नेमा जोड दिनुभयो । दुई दिने सम्मेलनमा जिल्लाभरका एक हजार नेता कार्यकर्ता सहभागी छन् ।(रासस)