१९ बैशाख २०८१, बुधबार

स्वास्थ्यकर्मीको टोली लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान


काँग्रेसको चियापान प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट स्थलगत अनुगमनका निस्किएका छन् । स्वास्थ्यकर्मीसहित टोली लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका हुन् ।

नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

त्यसपछि पनि ४.८, ४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएका कारण रुकुम पश्चिम र जाजरकोटका दर्जनौँको मृत्यु भएको छ भने ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !