१९ बैशाख २०८१, बुधबार

स्वास्थ्यकर्मीको टोली लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाँदै


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमनका लागि जाँदै छन् । प्रधानमन्त्रीको सचिवालयले दिएकाे जानकारीनुसार प्रधानमन्त्रीसँग स्वास्थ्यकर्मीको टोली रहेन छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

त्यसपछि पनि ४.८, ४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएका कारण रुकुम पश्चिम र जाजरकोटका दर्जनौँको मृत्यु भएको छ भने ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !