१६ असार २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डको गरियो ‘एन्जिओग्राम’, अस्पतालबाट डिस्चार्ज


गम्भीर प्रचण्ड फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘एन्जिओग्राम’ गरिएको छ । काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा प्रधानमन्त्री प्रचण्डको ‘एन्जिओग्राम’ गरिएको हो ।

छातीमा असहज महसुस भएपछि आज मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक डा. युवराज शर्माको सल्लाहअनुसार चेकजाँचका लागि अस्पताल गएका थिए ।

प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतका अनुसार उनले नर्भिक अस्पतालमा पुगेर नियमित स्वास्थ्य चेकजाँच गराएको बताएका हुन् । डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री प्रचण्डको उपचारमा खटिएको थियो ।

प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीको ‘एन्जिओग्राम’ गरिएको हो । उनको ब्लड प्रेसर, ब्लड र एन्जिओग्राम गरेर हेरिएको थियो ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् । उनी केही समय अस्पतालमा नै आराम गरेर स्वास्थ रिपोर्ट सामान्य देखिएपछि डिस्चार्ज भएपछि निवास बालुवाटार फर्किएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड अचानक नर्भिक अस्पताल भर्ना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !