१८ असार २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्ड अचानक नर्भिक अस्पताल भर्ना


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ अचानक थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । छातीमा असहज महसुस भएपछि आज मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल भर्ना भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक डा. युवराज शर्माको सल्लाहअनुसार चेकजाँचका लागि अस्पताल गएका हुन् । प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतका अनुसार उनले नर्भिक अस्पतालमा पुगेर स्वास्थ्य चेकजाँच गराएको बताएको छ ।

तर अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको ‘कोरोनरी एन्जिओग्राम’ गर्ने तयारी भइरहेको छ । उनलाई अस्पतालको वार्डमा भर्ना गरिएको छ । डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री प्रचण्डको उपचारमा खटिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !