६ जेष्ठ २०८१, आइतबार

द्रव्य शाहको तरिकाका षडयन्त्रहरु सफल हुँदैनन् : केपी ओली


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले द्रव्य शाहको तरिकाका षडयन्त्रहरु सफल नहुने बताएका छन् । काठमाडौँमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘आजका हाम्रा विपक्षीहरुले बुझ्नुपर्दछ। द्रव्य शाहको तरिकाका षडयन्त्रहरु आज सफल हुँदैनन्’, ओलीले भने, ‘आज प्रतिस्पर्धाबाटै श्रेष्ठता कायम गर्नुपर्छ ।’

अध्यक्ष ओलीले नेपाली राजनीतिमा एमालेको प्रतिस्पर्धी नै नभएको समेत जिकिर गरे । उनले विपक्षीहरुले एमालेमाथि षड्यन्त्र गरिरहेपनि ती षडयन्त्रलाई असफल पार्ने दाबी गरे ।

ओलीले एमाले कार्यकर्ताहरुलाई पनि प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न निर्देशन दिए । अध्यक्ष ओलीले एमाले अधिवेशनलाई लिएर विरोधीहरूले एकोहोरो टिप्पणी गरिरहेको भन्दै असन्तुष्टि जनाए ।

ओलीले नेतृत्वले कार्यकर्ताको कामको मुल्यांकन गरिरहेको भन्दै नेतृत्वको मुल्यांकनमा भर नपर्दा नतिजा जस्तो सकै आउन सक्ने बताए । उनले चुनावमा सबैले नजित्ने भन्दै पार्टीमा सहमति गर्दा उपयुक्त हुने बताए ।

ओलीले नेतृत्वले कार्यकर्ताको कामको मुल्यांकन गरिरहेको भन्दै नेतृत्वको मुल्यांकनमा भर नपर्दा नतिजा जस्तो सकै आउन सक्ने बताए । उनले नेतृत्वको मुल्यांकनमा भर परिएन र नचिनेकाले भोट दिने अवस्थामाथि भर परियो भने परिणाम जस्तो पनि हुन सक्ने भन्दै एउटा प्रदेशको एउटा कुनाको मान्छेले अर्को ठाउँकालाई चिनेको नहुने बताए ।

ओलीले नेकपा एमाले विचारमा आधारित पार्टी भएको बताए । जनताका कुरा सुनेर त्यसको आधारमा एमालले नीति बनाउने र त्यसमा एकताबद्ध हुने उनले प्रष्ट पारे । उनले एमाले अनुशासनमा बाँधिएर चल्ने पार्टी भएको बताए ।

उनले एमाले नयाँ समाज निर्माणको लागि अघि बढेको कुरा नबिर्सन आग्रह गरे । अरू पार्टी व्यक्तिका स्वार्थ हुन्छ भनेर हिँडेका र एमाले व्यक्तिको स्वार्थ भन्दा समूह र देशको हित ठुलो हो भनेर लागेको उनले प्रष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !