१२ असार २०८१, बुधबार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज आइतबार बिहान बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेका थिए । माओवादीका तर्फबाट प्रचण्डबाहेक उपप्रधानमन्त्री समेत रहेका नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी थिए ।

एमालेले तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय आयोग गठनमा सरकारले धोका दिएको भन्दै आजबाट बस्ने प्रतिनिधिसभा बैठक अवरोध गर्ने चेतावनी दिएको छ । सोही विषयमा छलफल गर्न प्रचण्डले एमाले नेताहरूसँग छलफल गरेका हुन् ।

आज प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बोलाइएको संसद बैठकमा विद्यालय शिक्षा विधेयक पेस गर्ने कार्यसूची रहेको छ । उक्त बैठक सञ्चालनका लागि प्रधानमन्त्री प्रचण्डले एमालेसँग छलफल गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !