२३ भाद्र २०८१, आइतबार

सरकारले जनभावना अनुसार काम गरेन, विकल्पबारे छलफल गर्दा हुन्छ : अध्यक्ष ओली


केपी शर्मा ओली फाइल फोटो

बिराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनभावना अनुसार काम गर्न नसकेकोले राजनीतिक दलहरूले विकल्पबारे छलफल गर्दा हुने बताएका छन् ।

आज शुक्रबार कोसी प्रदेश अधिवेशन उद्घाटन गर्न आज विराटनगर आइपुगेका अध्यक्ष ओलीले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो सरकार रहनु देशका लागि दुर्भाग्य भएको बताएका हुन् ।

ओलीले आफूहरूले सरकारमा जान नचाहेको बताए । गठबन्ध सरकार भनिए पनि कांग्रेस कहाँ छ भन्ने प्रष्ट नभएको भन्दै ओलीले सरकार अपराधीको संरक्षकजस्तो देखिएको आरोप लगाए ।

उहाँले कांग्रेस कुन संसारमा छ भन्ने थाहा नभएका कारण विकल्प पनि नदेखिएको बताए । गठबन्धन सरकार नचलेको र सरकार अपराधीको संरक्षकको रुपमा देखिएको उनको भनाई थियो ।

सरकार हटाउन पहल गर्नुहुन्छ भन्ने प्रश्नमा उनले एमालेले सरकारतिर ध्यान नदिएको बताए । उनले प्रमुख पार्टीहरु जिम्मेवार हुँदा अर्को विकल्प हुने भएपनि कांग्रेसले यसबारे नसोचेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !