४ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै


प्रधानमन्त्री प्रचण्ड

ल्हासा, चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा आएका थिए ।

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने छन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन् ।

बुधबार ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री दाहाल यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !