१६ असार २०८१, आइतबार

प्रधानमन्त्रीद्वारा छोङछिङ महानगरका सचिव युआन चियाचुनसँग भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छोङछिङ महानगरपालिका सचिव युआन चियाचुनसँग भेटवार्ता गरे ।

प्रधानमन्त्री दाहाल आज चिनियाँ सहर छोङछिङ पुगेका हुन् । आज छोङछिङ महानगरपालिकामा उनले सो भेटवार्ता गरेका हुन् । वार्तामा द्विपक्षीय हित र आपसी सहयोग एवं समझदारीका विषयमा कुराकानी भएको थियो । यसअघि आज छोङछिङ पुग्दा उनलाई सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरेका थिए ।

आजै प्रधानमन्त्री दाहालले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवं आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गरे । सो एकेडेमीमा कृषि उत्पादनको आधुनिक प्रयोग एवं उत्पादनको अवलोकन गरी जानकारी लिएका थिए । उनका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि हुन् । उनी आज छोङछिङमा नै रहने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !