९ माघ २०८१, बुधबार

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै


कांग्रेस केन्द्रीय समिति बैठक फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हिजोदेखि सुरु बैठक आज पनि बिहान ११ बजेदेखि बस्ने भएको हो ।

हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले ८ नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिएका थिए । उनले अझै धेरैजना महत्त्वपूर्ण व्यक्तिहरू छुटेको भन्दै केन्द्रीय समितिमा ल्याउन नसकेकाहरूलाई महासमितिमा मनोनीत गर्ने बताएका थिए ।

उनीपछि महामन्त्री गगन थापाले अघिल्लो बैठकले गरेका निर्णय कार्यान्वयनको प्रगतिविवरण र तत्कालीन योजनाहरू प्रस्तुत गरेका थिए । महामन्त्रीपछि सात प्रदेशका प्रदेश सभापतिहरू, उपसभापति पूर्णहादुर खड्कासहितले आफ्नो धारणा राखेका थिए ।

पहिलो दिनको बैठकमा एक दर्जन नेताहरुले आफ्नो धारणा राखेका थिए । बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत भएका छन् । हिजाेकाे बैठकपछि बोल्दै नेता मीनबहादुर विश्वकर्माले महासमितिको बैठक मङ्सिर १३,१४ र १५ गते काठमाडौँमा गर्ने प्रस्ताव आएको पेस भएको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !