१६ असार २०८१, आइतबार

सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मत अनुमोदन


संसदीय सुनुवाइ समिति

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि विनोद शर्मालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । आज शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

समितिले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेपनि एउटा पनि उजुरी नपरेपछि शुक्रबार सिधै सुनुवाइ गरेको हो । गत भदौ १० गते बसेको न्याय परिषदको बैठकले शर्मालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

भदौ १५ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएतापनि संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !