२४ पुस २०८१, बुधबार

यस्ता छन् हिजोको मन्त्रिपरिषदले गरेका १५ निर्णयहरु


मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौं । हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को बैकठले विभिन्न १५ वटा निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यसैगरी चीनको बेइजिङमा भदौ २६-२९ सम्म आयोजना हुने नेपाल-चीन संयुक्त व्यापार कार्यदलको दोस्रो बैठकमा सहभागी हुन सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट २०८१ जेठ २८ सम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव मधुप्रसाद भेटुवाल, कार्यकारी निर्देशक (प्रशासन / वित्त) पदमा सहसचिव दीपक लामिछाने, कार्यकारी निर्देशक (वातावरण) पदमा सहसचिव रामगोपाल खर्बुजा र कार्यकारी निर्देशक (कानून) पदमा सहसचिव इन्दिरा दाहाल भट्टराईलाई खटाउने निर्णय पनि गरेको छ ।

त्यस्तै चीनको बेइजिङ्गमा आगामी असोज ८ देखि ९ सम्म आयोजना हुने ग्लोबल सस्टनेबल ट्रान्सपोर्ट फोरम २०२३ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय सरकारले गरेको छ।

माथिल्लो दरौंदी साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधार निर्माण गर्न गोरखाको राष्ट्रिय वन क्षेत्रको जम्मा ४.९२४ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ।

सरकारले तीन सचिवको सरुवा गरेको छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।

नेपाल कानुन आयोगका सचिव निरादेवी गर्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिवमा सरुवा गरिएको उनले जानकारी दिइन् ।

त्यस्तै, बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने, संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८० संघीय संसद्‌मा पेस गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्नेसहित १५ वटा निर्णय गरेको छ ।

यस्ता छन् हिजोको मन्त्रिपरिषदले गरेका १५ निर्णयहरु

यस्ता छन् हिजोको मन्त्रिपरिषदले गरेका १५ निर्णयहरु

यस्ता छन् हिजोको मन्त्रिपरिषदले गरेका १५ निर्णयहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !