९ असार २०८१, आइतबार

ललिता निवास प्रकरण : थुनछेक बहस आज पनि जारी रहने


जिल्ला अदालत काठमाडौं

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा आज पनि प्रतिवादीका तर्फबाट थुनछेक बहस जारी रहने भएको छ । जिल्ला अदालतमा सरकारी वकिलको बहस सकिएपछि काठमाडौं जिल्ला अदालतमा आइतबारदेखि थुनछेक बहस जारी छ ।

प्रतिवादीका तर्फबाट फरक-फरक व्यक्तिका वकिलहरुले बहस गर्दै छन् । उनीहरूको बहस सकिएपछि जाहेरवालाका तर्फबाट बहस हुनेछ । अन्तिममा सरकारी वकिलका तर्फबाट नै जवाफी बहस हुनेछ ।

अघिल्लो आइतबार सरकारी वकिलले सरकारी छाप दुरुपयोगमार्फत किर्ते गरेको भन्दै ३१० जनाविरुद्ध मुद्दा दायर गरेका थियो । उनीहरूको बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !