१४ आश्विन २०८१, सोमबार

माधव नेपाल सफाइ पाइसकेर निर्दोष सावित भइसक्नुभयो : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सफाइ पाइसकेर निर्दोष सावित भइसकेको दावी गरेका छन् ।

आज शुक्रबार पोखरामा समाजवादी मोर्चाको आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरणबाट अध्यक्ष नेपालले उन्मुक्ति पाइसकेको दावी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले अब नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको समेत बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको र निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दिएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । भ्रष्टाचारविरुद्धको अभियान चलाउँदा आफूले माओवादी नेताहरु पनि नछुट्ने गरी अनुसन्धान गर्न भनेको स्मरण गरे ।

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बालुवाटार प्रकरणमा विनाकारण मुछिएको पनि दाबी गरे । उनले अब माधव नेपालमाथि कुनै षड्यन्त्र नहुने पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !