२२ भाद्र २०८१, शनिबार

९ किलो सुन तस्करी प्रकरणमा महरा बाबुछोरामाथि पनि अनुसन्धान हुने


कृष्णबहादुर महरा फाइल फोटो

काठमाडौँ । ९ किलो सुन तस्करी प्रकरणमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि अनुसन्धान हुने भएको छन ।

उक्त सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई महरा र उनका छोरामाथि पनि अनुसन्धान थाल्न निर्देशन दिएको हो ।

विद्युतीय चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका महरामाथि छानबिनको तयारी गरिएको हो । गत २०७९ पुस १० गते दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिकसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएको थियो ।

भेप सुन प्रकरणमा जोडिएका तीनैजना चिनियाँ हाल फरार छन् । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार भेपमार्फत भएको तस्करीको अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिइएको हो ।

९ किलो सुन प्रकरणमा महरा बाबुछोरालाई जोगाएर सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाएको भन्दै प्रहरीको अनुसन्धान माथिनै प्रश्न उठेको थियो ।

महरा र उनका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक–पटक टेलिफोन संवाद भएको सीआईबीको अनुसन्धानबाट देखिएपनि उनीहरूमाथि अनुसन्धान नै नगरी २७ असारमा प्रतिवेदन बुझाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !