१२ आश्विन २०८१, शनिबार

सरकारले ‘चिल आयो चिल आयो’ भनेर कुखुरा चोर्ने काम गरिरहेको छ : अध्यक्ष ओली


केपी शर्मा ओली बिराटनगर फाइल फोटो

मोरङ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेटको कुरा निकालेर सरकारले ‘चिल आयो चिल आयो’ भनेर कुखुरा चोर्ने काम मात्रै गरिरहेको आरोप लगाएका छन्

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले गिरीबन्धु टी स्टेटको कुरा निकालेर हल्ला फिजाएर जनताको ध्यान अर्कोतिर केन्द्रित गरेर सुन तस्करी प्रकरणलाई ओझेलमा पार्ने प्रयास गरिरहेको संकेत गरेका हुन् ।

उनले सुन तस्करी प्रकरणका कारण मुलुकको विकासमा बाधा उत्पन्न हुने भएकाले यसलाई अविलम्ब रोक्न माग गरे । मुलुकको इज्जत जोगाउन तथा अर्थतन्त्र र आर्थिक उन्नतिका लागि तस्करी नियन्त्रण अति आवश्यक रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमाले दुई ठूला जिम्मेवार राजनीतिक दलले मुलुकमा सुशासन, आर्थिक विकासका लागि मिलेर आगाडि बढ्नुपर्नेमा दुई मत नरहेको स्पष्ट पारे ।

उनले एमाले सरकार निर्माण गर्नेतर्फ ध्यान नदिएको भन्दै राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासतर्फ केन्द्रित रहेको धारणा राखे । अध्यक्ष ओलीले कोशी प्रदेशमा सरकार निर्माणका सम्बन्धमा भइरहेका राजनीतिक गतिविधिमा असन्तुष्टी व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !