९ पुस २०८१, मंगलबार

कोशीमा ५० सांसदको समर्थनसहित फेरि एमालेकै सरकार बन्छ : अध्यक्ष ओली


केपी शर्मा ओली फाइल फोटो

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा ५० जना सांसदको समर्थनसहित फेरि एमालेको नेतृत्वकै सरकार बन्ने दावी गरेका छन् ।

तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको पार्टी सचिवालयको बैठकमा सहभागी हुनका लागि आज विराटनगर पुगेका अध्यक्ष ओलीले विराटनगरमा आयोजित पत्रकार भेटघाटमा ओलीले कोसीमा नेकपा एमालेकै सरकार बन्ने दावी गरेका हुन् ।

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले कांग्रेस जस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताए । गठबन्धनले असंवैधानिक गतिविधि गरेकोसमेत उनले आरोप लगाए ।

ओलीले नेपाली कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको बताए । संविधान नमान्ने भनेर हिंडेको माओवादी भन्दा पनि कांग्रेसको क्रियाकलापले नियमको खिल्ली उडेको बताए ।‌

उनले कोसीमा एमालेको सरकार बन्ने र ५० सांसदले समर्थन गर्ने दावी गरेका हुन् । अहिलेको सत्ता गठबन्धन सरकारको नेतृत्व गरेको माओवादीले द्वन्द्व बढाएको अध्यक्ष ओलीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !