२५ पुस २०८१, बिहीबार

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने


अघि बढाउने निर्णय

काठमाडौं । संसदीय समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । आज बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको मुख्य चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसका लागि भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रतिनिधिसभाका १० तथा प्रतिनिधिसभा र राष्ट्रियसभाका संयुक्त २ गरी जम्मा १२ वटा समितिका सभापति पद चयन हुन भएका छैनन् । संसदीय समितिका बैठक समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरेको छ ।

बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, एमालेका सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधिसभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !