२ कार्तिक २०८१, शुक्रबार

गिरीबन्धु टी स्टेट जग्गा प्रकरणबारे छानबिन जरुरी छैन, मन लागे गरे हुन्छ : केपी ओली


प्रधानमन्त्री ओली संसद भवन फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी स्टेटको जग्गा प्रकरणबारे अनुसन्धान गर्न आवश्यक नभएको तर सरकारले अनुसन्धान गर्नसक्ने बताएका छन् ।

आज बुधवार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले गिरीबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताएका हुन् ।

अध्यक्ष ओलीले गिरीबन्धु टी स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णयका विषयमा छानबिन गर्न जरुरी नभएको तर छानबिन गर्न मन लागे गर्न सुझाव दिए । बिनाकानुन जग्गा सट्टापट्टा गर्ने गरिएपछि एमाले सरकारले कानुन बनाएर व्यवस्थित काम गर्ने गरेको जिकिर गरे ।

उनले सरकार लचिलो भएर सदन खुलाएकोमा धन्यवाद दिए । अध्यक्ष ओलीले अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको र निष्पक्ष छानबिन हुने बताए ।

अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन समिति बनेर समितिले सधैँका लागि यस्ता तस्करीहरु रोक्ने गरी अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने बताए । त्यस्तै उनले स्तरहीन मान्छेहरुले सुन तस्करी प्रकरणमा आफूलाई जोड्ने प्रयास गरेको जिकिर गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !