२० असार २०८१, बिहिबार

प्रधानमन्त्रीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने


KP oli

२० जेठ, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे प्रदेश नं ३ को प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदेशसभा सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार नै हेटौँडामा मुख्यमन्त्री डोरमणि पौडेल तथा अन्य मन्त्रीसँग भेटघाट गर्नुहुने छ ।

उहाँले जिल्ला समन्वय परिषद् मकवानपुर, हेटौँडा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख, उद्योगपति तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग समेत भेटघाट गर्नुहुने तालिका रहेको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुपप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !