९ असार २०८१, आइतबार

सुन तस्करीको अध्ययनका लागि गठन गरिने आयोगले असोज ५ गतेदेखि काम सुरु गर्ने


राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठक

काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुबीच सुन तस्करी प्रकरणमाथि छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुबीच सुन तस्करीको अध्ययनका लागि गठन गरिने जाँचबुझ आयोगले आगामी असोज ५ गतेपछि काम सुरु गर्ने सहमति भएको हो । दलहरुको सर्वदलीय बैठकमा दुईबुँदे सहमति भएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठकमा दुईबुँदे सहमति भएसंगै आज सदन चल्ने भएको हो । दलहरुबीच आज बुधबार बस्ने प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको हो ।

संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति गर्दै एकै ठाउँ आएका हुन् । आजको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी रहेका छन् ।

यस्तो छ हेर्नुहोस् दलहरूबीच भएको दुईबुँदे सहमति

दलहरूबीच भएको दुईबुँदे सहमति

यो पनि पढ्नुहोस्

दलहरूबीच दुईबुँदे सहमति, आज सदन चल्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !