१६ असार २०८१, आइतबार

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठको शपथ आज हुँदै


विश्वम्भरप्रसाद श्रेष्ठ

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ आज हुँदै छ । हिजो सोमबार प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निजी सचिवालयले दिएको जानकारी अनुसार आज दिउँसो १ः४५ बजे नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठको शपथग्रहणको कार्यक्रम तय गरिएको छ ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले हिजो साँझ श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । संसदीय सुनुवाई समितिको हिजोको बैठकले प्रधानन्यायाधिशमा उनको नाम सर्वसम्मत अनुमोदन भएको थियो ।

सन् १९५९ अक्टोबर १६ मा सिलगढी डोटीमा जन्मिएका श्रेष्ठले सन् १९८४ देखि सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । श्रेष्ठले सन् २००४ मा गोरखा दक्षिणबाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिणबाहु चौथो प्राप्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !