८ मंसिर २०८१, शनिबार

समाजवादी मोर्चाको बैठक आज बिहान बस्दै


समाजवादी मोर्चा

काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बिहान बस्दै छ । समाजवादी मोर्चाको बैठक आज सोमबार बिहान साढे ७ बजे नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।

हिजो साँझ बस्ने भनिएको बैठक आज बस्नेगरी स्थगित भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । आज बस्ने बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनपछि मोर्चाको सरेको बैठक हिजोको लागि बोलाइएको थियो । मोर्चा गठन भएको करिब तीन महिनापछि आज दोस्रो बैठक बस्ने भएको हो ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !