२६ पुस २०८१, शुक्रबार

संसद्मा एमालेको प्रश्न : सुन काण्डमा गृहमन्त्रीको बयान सीआईबीले लिन सक्छ ?


योगेश भट्टराई

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले एक क्विन्टल सुुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि बयान लिनुपर्ने बताएको छ ।

आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गरेका छन् ।

भट्टराईले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेता मुछिँदा उनीमाथि किन अनुसन्धान नगरेको भन्दै प्रश्न गरेका छन् । उनले गृहमन्त्रीमाथि कसले छानबिन गर्ने भन्दै प्रश्न गरेका हुन् ।

भट्टराईले तीन महिनाअघि भेपमा नौ किलो सुन तस्करीमा सत्तापक्षको नेता संलग्न रहेको अभियोग गृहमन्त्रीको टेबलमा हुँदा समेत छानबिन अगाडि नबढाएको बताए ।

एक क्वीन्टल बढी सुन तस्करी भएको २२ दिन भइसकेको बताउँदै त्यसमा गृहमन्त्रीकै संलग्नताको शंका रहेको दाबी गरे । उनले सीआईबीले ३ महिनाअघि नै छानबिन गरेर प्रस्तुत गरेको रिपोर्टको फाइल अघि नबढेकोमा आपत्ति समेत जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !