काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन् ।
आज बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले सरकारले सांसदहरुले प्रश्न उठ्छ भनेर सभामुखलाई दबाब दिएर बैठक स्थगित गर्न लगाएको दाबी गरे ।
उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद् बैठकलाई सञ्चालन नगर्ने सरकारको हर्कतका कारण संसद् बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको दाबी गरे । उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमति गरेर पनि केपी ओलीले सो सहमति बालुवाटारबाट बाहिरिएपछि ल्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको समेत बताए ।
अध्यक्ष ओलीले सरकार आफैँ संलग्न भएकाले सो सुन तस्करी प्रकरणमा आफूहरूले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुपरेको बताए । ओलीले साँढे नौ किलो सुन बरामद गरेर भन्सार गोदाममा राखिएपनि सो सुन चोरी भएको र नक्कली सुन त्यहाँ राखिएको आफूले सूचना पाएको समेत बताए ।