२२ बैशाख २०८१, शनिबार

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए सपथ


उद्धव थापाले लिए सपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् । हिजो मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यस्तै माओवादी केन्द्रका बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार र कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिंञ्चाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नवनियुक्त तीन मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । सरकार बनाउन बहुमत पुर्याउनकै लागि सभामुखबाट राजीनामा दिएका गौतमले सरकारमा माओवादीको नेतृत्व गर्दै आर्थिक मामिला मन्त्रालय उपहार पाएका हुन् ।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन लिएका थापालाई हिजो मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक जना गरी ४७ जना सांसदको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !