१४ आश्विन २०८१, सोमबार

मा‌‌ओवादी पार्टी पार्टीजस्तो भएन : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी पार्टीजस्तो हुन नसकेको गुनासो गरेका छन् ।

आज बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पार्टी पार्टी जस्तो नभएकाले सुदृढीकरणको आवश्यकता रहेको स्पष्ट पारेका हुन् ।

अध्यक्ष प्रचण्डले आजदेखि सुरु भएको केन्द्रीय समिति बैठक पार्टीलाई व्यवस्थित बनाउने विषयमा केन्द्रित हुने बताए । उनले पार्टी पुनःनिर्माणको सम्भावनासँगै विघटनको खतरा पनि रहेको बताएका छन् ।

उनले पार्टी पुनर्निमाणको सम्भावना जति छ, पार्टी विघटन हुने खतरा पनि उत्तिकै रहेको चेतावनी दिएका हुन् । श्रमजीविभन्दा सभ्रान्त वर्ग खोज्दै हिँड्ने नकारात्मक प्रवृत्ति पार्टीभित्र बढेको प्रचण्डले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु