१४ असार २०८१, शुक्रबार

संसदको अवरोध खुलाउने बारेमा प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बालुवाटारमा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

उक्त भेटमा के के विषयमा छलफल भयो भन्ने विषय सार्वजनिक भएको छैन । यद्यपि संसदमा जारी अवरोध खुलाउने बारेमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको बताइएको छ । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर संसदमा अवरोध गर्दै आएको छ ।

प्रचण्ड र ओलीबीच भेटवार्तामा मुख्यतः सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउनेका साथै संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अनिवार्य अवकाशमा जान लागेका छन् । यसअघि आइतबार पनि प्रचण्ड, ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।

भोलि मंगलबार संवैधानिक परिषद् बैठक बस्नु एक दिन अघि आज सोमबार दुई नेताबीच भेटवार्ता हुनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !