८ मंसिर २०८१, शनिबार

प्रधानमन्त्रीले बोलाए प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषदको बैठक


संवैधानिक परिषदको बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न मंगलबार अपराह्न ४ बजेका लागि बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको हो ।

बैठक बोलाउने विषयमा प्रधानमन्त्री प्रचण्डले आज आइतबार प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिंदैछ । प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भएकोले संवैधानिक परिषद्को बैठक बोलाइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !