काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई शीर्ष नेताबीच भेटावार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
बालुवाटार स्रोतका अनुसार दुई नेताबीच संवैधानिक परिषद्को बैठक बोलाउने र संसदको अवरोध हटाउनेबारे छलफल भएको बुझिएको छ । एमालेले एक सय क्विन्टल तस्करीको सुनबारे सरकारले जवाफ दिनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ ।
गत बुधबार एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेपछि अर्को बैठक भोलि सोमबारको लागि बोलाइएको छ । भोलि सोमबार नास्ने संसद बैठक पनि एमालेले अवरुद्ध गर्ने संकेत पाएपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन् ।