१२ असार २०८१, बुधबार

राष्ट्रपति पौडेलद्वारा मिटर ब्याजसम्बन्धी विधेयक प्रमाणीकरण


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटर ब्याजसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले आज शुक्रबार मिटर व्याजसम्बन्धी (मुलुकी संहिता) केही नेपाल ऐनलाई संशोधन गर्न बनेको सो विधेयक प्रमाणीकरण गरेका हुन् ।

मिटर ब्याजसम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

सो विधेयक बिहीबार राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको थियो । गत असार ३१ गते प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको विधेयकलाई साउन १० गते राष्ट्रियसभाले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो ।

दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयक शुक्रबार राष्ट्रपति पौडेलले गरेका हुन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।

 रामचन्द्र पौडेल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !