९ पुस २०८१, मंगलबार

एमाले अध्यक्ष ओली र चिनियाँ नेता च्याच्युनबीच भेटवार्ता


केपी शर्मा ओली र युयान च्याच्युन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युयान च्याच्युनको टोलीले भेटवार्ता गरेको छ ।

आज बिहान एमाले केन्द्रीय पार्टी कार्यालय च्यासलमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको बताइएको छ ।

चिनियाँ नेता युआनले इटलीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल सम्वाद गरेका थिए भने आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !