७ मंसिर २०८१, शुक्रबार

कांग्रेस बैठकमा अजयबाबुले दिए विकल्प – बालकृष्ण खाँण रोज्ने कि सरकार छाड्ने


अजयबाबु शिवाकोटी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने चर्को आवाज उठाएका छन् ।

मंगलबारदेखि सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार आफ्ना भनाइ राख्ने क्रममा नेता शिवाकोटीले पूर्व गृहमन्त्री खाँणलाई अन्याय भए कांग्रेसले सरकार छाड्नुपर्ने नत्र उनलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

उनले अहिले कांग्रेस प्रचण्ड नेतृत्वको हिस्सेदार रहेको स्मरण गराउँदै नक्कली शरणार्थी प्रकरणमा तानिएका नेता खाँणको प्रसंग निकाल्दै खाँणबारे पार्टी बैठकले ठोस निर्णय लिन माग गरेका हुन् ।

उनले बालकृष्ण प्रकरणमा पार्टी नेतृत्वले आफ्नो प्रष्ट धारणा ल्याउनुपर्ने बताए । उनले भ्रष्टचारको विषयमा बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रवाह हुन नहुने बताए ।

विभिन्न चुनावमा उम्मेदवार बनाउँदा पार्टीले पारदर्शी विधि अपनाउनुपर्ने बताए । उनले यति हुन सकेमा मात्रै सुशासनलाई बल पुग्ने उनले बताए । उनले अहिलेका मन्त्रीहरुबारेमा जनता र कार्यकर्तामा धेरै गुनासो रहेको पनि गुनासो गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !