१२ असार २०८१, बुधबार

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक जारी रहेको छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा राजनीतिक र सैद्धान्तिक विषयमा छलफल हुने बताइएको छ । पार्टी कमिटीका रिक्त पदमा मनोनयनका बारेमासमेत छलफल हुने छ । बैठक मङ्गलबारसम्म चल्ने सो पार्टीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !