६ जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको आजै अन्त्येष्टि गरिने


सीता दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सीताको आज बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो ।

सीताको आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा कार्डियाक अरेस्टका निधन भएको हो । उनको उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्रा डा युवराज शर्माले जानकारी दिए ।

अन्तिम संस्कार अघि दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ । दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु