६ जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्रीमा नैतिकता भन्ने चीज बाँकी छ भने राजीनामा दिनुपर्छ : राजेन्द्र लिङ्देन


राजेन्द्र लिङ्देन फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा नैतिकता भन्ने चीज बाँकी छ भने तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आफ्ना कुरा राख्दै अध्यक्ष लिङ्देनले बहालावाला देशको प्रधानमन्त्रीले कुनै व्यक्तिलाई देखाएर पटक-पटक दिल्ली जानु भएको थियो भन्नु आपत्तिजनक विषय भएको स्पष्ट पारे ।

उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सामान्य कुरा नभई राष्ट्रियतासँग जोडिएको विषय भएकोले नैतिकता भन्ने चिज जिवित छ भने प्रधानमन्त्रीले दिनुपर्ने तर्क गरे । उनले वर्तमान संसदमा केही राजनीतिक दलमात्रै नभएर थुप्रै दलहरु रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !