६ जेष्ठ २०८१, आइतबार

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त


उद्धव थापा फाइल फोटो

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई आज साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै आजै प्रदेश प्रमुख खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेसंगै अव थापाको नेतृत्वमा कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि बाटो खुलेको हो ।

थापालाई नेपाली काँग्रेसका २९ जना, नेकपा (माओवादी केन्द्र) का १२ जना, नेकपा (एकीकृत समाजवादी) का ४ जना, जनता समाजवादी पार्टी (जसपा) का १ जना प्रदेशसभा सदस्य र सभामुख बाबुराम गौतमको समर्थन रहेको थियो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् भने भोलि बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !