१२ आश्विन २०८१, शनिबार

प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय भएको गठबन्धनको ठहर


सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग्नु संसदीय मान्यता विपरीत भएको बताएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले राजीनामा माग्ने एमालेको कदम संसदीय मान्यता विपरीत भएको ठहर गर्दै प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निर्णय गरेको हो ।

बैठकपछि नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यता विपरीत भएकोले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको बताए । उनले प्रधानमन्त्रीले संसद् फेस गर्ने पनि बताए ।

सोमबार प्रधानमन्त्री प्रचण्डले सरदर प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति देशहितविरुद्ध रहेको भन्दै नेकपा एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने अडान राखेर संसद् बैठक अवरुद्ध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !