१२ श्रावण २०८१, शनिबार

राष्ट्रियसभामा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल


राष्ट्रियसभाको बैठक फाइल फोटो

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० टेबुल भएको छ । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरेका हुन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ । जसअन्तर्गत आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि छुट्याइएको बजेटबारे छलफल भइरहेको छ ।

बैठकमा आज छलफलका लागि तोकिएका मन्त्रालयको बजेट कटौतीको प्रस्ताव पनि प्रस्तुत गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !