२२ बैशाख २०८१, शनिबार

गठबन्धनको निर्णय : जनमत पार्टीलाई सरकारमा सहभागी गराउने


सत्ता गठबन्धन बैठक

काठमाडौं । सत्ता गठबन्धनले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको हो ।

नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीलाई सरकारमा समेट्न सहमति भएको जानकारी दिए । गठबन्धनका दलको बैठकमा जनमतलाई सरकारमा समेट्ने समझदारी भएको हो ।

बैठकले जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको पाण्डेले बताए । जनमत पार्टीले उद्योग र कृषि मन्त्रालयमा दाबी गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !