२१ बैशाख २०८१, शुक्रबार

खानेपानी मन्त्री यादव गृह जिल्ला सर्लाही जादै


महिन्द्र राय यादव

काठमाडौ । संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादव सोमबार गृह जिल्ला सर्लाही जाने भएका छन् ।

मन्त्री यादवका प्रेस सल्लाहकार सत्य प्रकाश यादवले, पुर्व निर्धारित कार्यक्रम अनुसार मन्त्री यादव कौडेना गाउँपालिका- २, फुलपरासीमा निर्माण भएको १५ शय्याको अस्पतालको उद्घाटन गर्न उनि सर्लाही जान लागेको बताएका छन् ।

१ करोड ७९ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त अस्पतालको मंगलबार संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नु हुने कार्यक्रम रहेको प्रेस सल्लाहकार यादवले जनाएका छन् ।

उद्घाटन कार्यक्रमको समय मंगलबार बिहान १० बजे तय गरिए पनि मनसुन मौसमका कारण केहि ढिला हुनसक्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले जानकारी गराएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !