१३ आश्विन २०८१, आइतबार

५ वर्ष यही गठबन्धनको सरकार रहन्छ : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

मलेखु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताएका छन् । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन नै पाँच वर्ष रहने बताएका हुन् ।

उनले भने, “अहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुने छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।”

अठारौँ शताब्दीमा कार्ल माक्र्स्ले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले अहिले पनि आफू दुनियाँले के भन्छ भन्नेभन्दा पनि राम्रो काममा ध्यान दिने गरेको बताए ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति हावी भएकोे प्रधानमन्त्रीको भनाइ थियो । आफूले देश र जनताका पक्षमा राम्रो गर्दै जाने बताउँदै जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु