१२ असार २०८१, बुधबार

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको मुद्दा भट्टराई र रेग्मीको संयुक्त इजलासमा


सर्वोच्च अदालत

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको मुद्दाको पेसी आज पहिलो नम्बरमै परेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासको पहिलो नम्बरमा नै मुद्दाको पेसी परेको हो ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले जेष्ठ १९ गते दायर गरेको रिटमा यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी भएमा नागरिकता ऐन कार्यान्वयनमा बाधा पुग्ने छ तर अल्पकालीन अन्तरिम आदेश खारेज भएमा कार्यान्वयनमा आउने छ । अघिल्लो संसदबाट राष्ट्रपति कार्यालयमा पुगेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि विवाद बढेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !