१२ असार २०८१, बुधबार

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरेर पेसमेकर राखियो


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो ।

उक्त सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले आज मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई ७२ घण्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि प्रेसमेकर राखिएको जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेल शीतल निवासमै गत शनिबार राति २ बजे बेहोस भएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । आज मंगलबार मध्यान्ह १२ बजेदेखि २ बजेसम्म पौडेलको मुटुको शल्यक्रिया गरिएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

पेसमेकर राखियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !