७ मंसिर २०८१, शुक्रबार

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन


Top Bahadur Rayamaghi

काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको हो ।

प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ अनुसार फौजदारी अभियोगमा समातिएका सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !