१५ असार २०८१, शनिबार

आम मानिसले चढ्ने २०० सिसिको मोटरसाइकलको अन्तशुल्क २००० सिसिका कारकै बराबर भएकोलाई समायोजन गरियो : अर्थमन्त्री


डा. प्रकाशशरण महत फाइल फोटो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आम नागरिकले चढ्ने २०० सिसिको मोटरसाइकलको अन्तशुल्क र २००० सिसिका कारको अन्तशुल्क एउटै भएकाले त्यसलाई समायोजन गरिएको बताएका छन् । बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले आम नागरिकले चढ्ने मोटरसाइकलको अन्तशुल्क दर र्‍यास्नलाइज गरिएको बताए ।

‘आर्थिक वर्ष २०७७/७८ मा २०० सि सि भन्दा बढि क्षमताका ३ अर्ब ६१ करोड मूल्यका २४ हजार ३०५ थान मोटरसाईकल पैठारी भई ३ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको बैशाख सम्म ६२ करोड मूल्यका ३ हजार ६४८ थान मात्र पैठारी भई सो बाट ८५ करोड राजस्व प्राप्त भएको देखिन्छ ।’ उनले भने, ‘गत वर्षको तुलनामा संख्यात्मक रुपमा ६६० प्रतिशत, मूल्यगत रुपमा करिब ५८० प्रतिशत र राजस्व संकलनमा करिब ४९० प्रतिशतले कमि आएको देखियो ।’

‘गत आर्थिक वर्षमा २०० सि सि भन्दा माथिका मोटरसाइकलमा लाग्ने अन्त:शुल्क मात्र बढेको र अन्त:शुल्कको दर २००० सिसि सम्मका चारपाङ्ग्रे सवारी साधनको भन्दा बढि रहेको देखिएकोले आमनागरिकको आवश्यकताको साधन मोटरसाईकलको अन्त:शुल्क दर अन्य सवारी साधनको महसुल दरको तुलनामा Rationalized गर्न दर समायोजन गरिएको हो।’ डा. महतले भने ।

त्यस्तै २०० सिसि देखि ४०० सिसिका मोटरसाईकलको समूह भित्र कुनै एक निश्चित कम्पनी र घरनाले आयात गर्ने निश्चित ब्राण्डका मोटरसाईकल मात्र नपरि १ दर्जन भन्दा बढी कम्पनीले आयात गर्ने १ दर्जन भन्दा बढि ब्राण्डका करिब ३ दर्जन मोडलका मोटरसाईकल पर्ने पनि उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !